Banking

केन्द्रीय बैंकले सोमबार २१ अर्बको ट्रेजरी बोलकबोल गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले कात्तिक २१ गते जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । तथापि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो । ९१ दिनका लागि १२ अर्ब १० करोड रुपैयाँ छुट्याएको केन्द्रीय बैंकले १८२ दिनेका लागि ९ अर्ब रुपैयाँ नवीकरण गरिने जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिल खरिदका लागि सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले कात्तिक १३ गते १७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button