Breaking

तीन महिनामा १३ करोडको टुथ ब्रस भित्रियो

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०र८१ को तीन महिनाको अवधिमा १३ करोड ४४ लाख रुपैयाँ बराबरको टुथ ब्रस आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि असोज महिनासम्मको अवधिमा साढे १३ करोड रुपैयाँ बराबरको टुथ ब्रस भित्रिएको हो ।

यस अवधिमा विदेशबाट ९७ लाख ६३ हजार रुपैयाँ बराबरको टुथ ब्रुस भित्रिएको छ । यसबापत आयातकर्ताले राज्यलाई ४ करोड ३५ लाख रुपैयाँ बराबरको राजस्व बुझाएका छन् । विश्वका विभिन्न १६ देशबाट नेपालमा टुथ ब्रस भित्रिने गरेको तथ्यांक छ ।

जसमध्ये सबैभन्दा धेरै चीन र भारतबाटै आउने गर्छ । भारतबाट ८ करोड ८३ लाख रुपैयाँ बराबरको टुथ ब्रस भित्रिँदा चीनबाट ४ करोड ८ लाख रुपैयाँको टुथ ब्रस भित्रिएको तथ्यांक छ । यसबाहेक, बंगलादेश, मलेसिया, ताइवान र थाइल्याण्ड लगायतका देशबाट समेत नेपालमा टुथ ब्रस भित्रिने गरेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button