BankingBrandingBusiness News
नेपाल इन्स्योरेन्सले बोलायो सभा, नगद लाभांश वितरण गर्ने प्रस्ताव
काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सधारण सभा बेलाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न सभा बोलाएको हो।
इन्स्योरेन्सले पुस १३ गते काठमाडौको नेपाल प्रज्ञा प्रतिष्ठानमा ७५ औँ वार्षिक साधारण सभा गर्ने भएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ भने प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, हकप्रद शेयरको हक हस्तान्तरण गर्न व्यवस्था थप गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु राखिएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले मंसिर २८ गते बुकक्लोज गर्ने भएको छ।