Business News

स्टिल्केसले आफ्नो प्रमुख डिलर शोरूम काठमाडौँमा खुल्यो

काठमाडौँ ।  स्टिल्केसले आफ्नो प्रमुख डिलर शोरूम काठमाडौँमा खोलेको छ । एसिया तथा सार्क क्षेत्रमा आफ्नो कम्पनी विस्तार गर्ने क्रममा फ्यूजनसँगको साझेदारीमा स्टिल्केसले विभिन्न फर्निसि र ब्रान्डहरुको नेपालभर उपलब्ध गराउन डिलर सोरुम खोलेको हो ।  ‘हामी यहाँ नेपालमा आएर खुसी र गर्वित छौँ ।

हाम्रो डिलर साझेदारहरू विश्वभरी स्थानीय विशेषज्ञहरूको समुदाय हुन् र हामी फ्युजनसँग साझेदारको रूपमा यहाँ छौँ। हाम्रो संयुक्त प्रयासबाट कार्यस्थललाई अझ प्रभावकारी बनाउन चाहन्छौंँ’,  प्रबन्ध निर्देशक तीर्थाङ्कर बासुले भने ।

नयाँ तीन तले शोरूममा स्टिलकेसको अफिस चेयर र फर्निचरको नवीन र व्यापक कलेक्सनको प्रदर्शन गरिएको छ। प्रसिद्ध  चेयरहरु थिङ्क, जेस्चर, र पर्सनालिटी प्लस सहित वर्कस्टेसनहरू काठमाडौँको माइतीघर मण्डलास्थित शोरूममा प्रदर्शन गरिएको छ । ‘हामी नेपालले स्टिलकेसका लागि प्रस्तुत गरेको अवसरप्रति उत्साहित छौँ । यो विस्तार हाम्रो अत्याधुनिक समाधान र सेवाप्रतिको प्रतिबद्धता अनुरुप छ’, बिक्री निर्देशक  राम मोहनले भने । 
सन् १९१२मा स्थापित स्टिलकेस कम्पनी विश्वमा कार्यस्थलको डिजाइन र विचारमा अग्रणी रहेको छ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button