BrandingBreakingBusiness News
एनसेलले खरिदबिक्री सम्बन्धमा प्राधिकरणलाई पठायो जवाफ
काठमाडौ । पूर्वस्वीकृति नलिई आजियाटाले एनसेलको सेयर बिक्री गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सोधेको प्रश्नमा एनसेलले जवाफी पत्र पठाएको छ ।
एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई शेयर खरिदबिक्रीबारे पत्र पठाएको हो । पत्रमा दुरसञ्चार प्राधिकरणको नियमावली र विनियमावलीको पालन गरेर खरिदबिक्री भएको उल्लेख छ ।
मलेसियाको आजियाटा समुहले एनसेलको ८० प्रतिशत शेयर व्यवसायी सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको समेत जनाएको छ ।