BrandingBusiness NewsCorporate

बढ्यो सुनको मूल्य

काठमाडौँ । मंगलबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै बढ्दै १ लाख १७ हजार ४ सय ५० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।  

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button