BankingBrandingBusiness NewsCorporateTrending
विदेशी मुद्रा : यूरो र पाउण्डको मुल्य बढ्यो, अरुको कति (सुचिसहित)
काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मुल्य अनुसार अमेरिकी डलर खरिददर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा तोकेको छ भने युरो एकको खरिददर १४५ रुपैयाँ २६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५१ पैसा तोकिएको छ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको राष्ट्रबैंकले जनाएको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा तोकिएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ६६ पैसा तोकिएको छ।