BankingBrandingBreakingBusiness NewsCorporate
महालक्ष्मी विकास बैंकका सीईओ देवकोटाले दिए राजीनामा
काठमाडौं । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बोधराज देवकोटाले राजीनामा दिनुभएकाे छ ।
देवकोटाले माघ १ गतेबाट लागु हुने गरी बैंकको सञ्चालक समिति समक्ष राजीनामा दिनुभएकाे छ ।
देवकोटा २०७७ साल चैत २ गतेबाट महालक्ष्मी विकास बैंकमा सिईओ बन्ने भएकाे हाे । महालक्ष्मी विकास बैक भन्दा अघि देवकोटा सिटिजन्स बैंकका डेपुटि सिइओ हुनुहुन्थ्यो ।