‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत ‘एनआईबिएल स्टेवल फण्ड’ को सार्वजनिक निष्काशन
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रबद्र्धक तथा एनआइएमबि एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने छैठौं योजना “एनआईबिएल स्टेवल फण्ड” को सार्वजनिक निश्कासन माघ २ गते (आज)बाट सुरु भएको छ ।
यस योजना संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट मंसिर २१ गते प्राप्त भएको थियो । यस योजनाको आकार १ अर्ब र समयावधि १२ वर्षको रहेकोे छ र यो हाल सम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ ।
योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफलको रुपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।
योजनाको सार्वजनिक निश्कासन मिति २०८०/१०/०२ देखि छिटोमा २०८०/१०/०५ र ढिलोमा २०८०/१०/१६ गते सम्म रहनेछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. १० करोड सम्म लगानीका गर्न सकिनेछ ।
लगानीकर्ताहरुले आफ्नो सी-आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन दिन सकिनेछ । योजनाको विवरण पुस्तिका एनआइएमबी एस क्यापिटल लिमिटेडकोे वेव साईट (www.nimbacecapital.com) तथा नेपाल धितोपत्र बोर्डको वेव साईट (www.sebon.gov.np) मा समेत राखिएको छ ।