नेपाल इन्स्योरेन्सको नाफा बढ्यो
काठमाडौ । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा २३२.३४ प्रतिशत खुद नाफामा कमाएको छ । इन्स्योरेन्सले २३२.३४ प्रतिशतले बढेर ४९ करोड ७७ लाख ९७ हजार रुपैयाँ पुगेको हो ।
अघिल्लो वर्षको यसैअवधिमा १४ करोड ९७ लाख ८७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । कर्जा तथा लगानीबाट ७१ करोड ४३ लाख ५३ हजार रुपैयाँ आम्दानी भएको र गत वर्षको यसैअवधिमा कर्जा तथा लगानीबाट यस कम्पनीले १६ करोड रुपैयाँ मात्र आम्दानी गरेको थियो । खुद बिमा शुल्क आर्जन पनि ५.९५ प्रतिशतले बढेर २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।
नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ पुगेको छ । खुद नाफामा भारी वृद्धि भएपछि प्रतिसेयर आम्दानी पनि ४०.६१ रुपैयाँले बढेर ६०.५५ रुपैयाँ पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २०.०४ रुपैयाँ रहेको थियो । प्रतिसेयर नेटवर्थ २०६.१४ रुपैयाँ छ ।