BankingCorporate

जंगल भिल्ला रिसोर्ट र हिमालयन बैंक लिमिटेड बीच सम्झौता

हिमालयन बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट प्रा. लि. बीच बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंक र जंगल भिल्ला रिसोर्ट बीच भएको सम्झौता अनुसार पटिहानी–२२, भरतपुर, चितवनमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बंैक लिमिटेडका कार्डबाहक तथा ग्राहकवर्गहरुलाई १० देखि १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ ।
हिमालयन बंैकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बंैकको ग्राहकले बंैकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।
बंैकका कार्डबाहक तथा ग्राहकवर्गहरुले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागि  https://www.himalayanbank.com/en/offers मा हेर्न सकिने छ ।

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button