
काठमाडौ । कुमारी क्यापिटलको सञ्चालक समितिको ५८ औँ बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिईओमा पुष्प शर्मालाई नियुक्त गरेको छ।
शर्मा साउन १ देखि लागू हुने गरी कम्पनीको सिईओमा नियुक्त भएका हुन्।
यसअघि शर्मा कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए।
बैकिङ तथा वित्तीय क्षेत्रमा १३ बर्ष भन्दा बढीको कार्य अनुभव सँगालेका शर्मा स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व हुन्।
उनी कुमारी क्यापिटलमा आबद्ध हुनुअघि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गमा प्रमुख वित्त अधिकृत तथा निमित्त प्रमुख सञ्चालन अधिकृतको रुपमा नेपाल एसबिआई बैंकबाट काजमा रहि कार्यरत थिए।
कुमारी बैंकको सहायक कम्पनीका रूपमा रहेको यस क्यापिटलको चुक्ता पूँजी ४० करोड रुपैयाँ छ। हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङलगायतका सेवा प्रदान गर्दै आइरहेको छ।