विद्युतीय गाडी ‘सिट्रोन ई सी थ्री’,लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख
काठमाडौँ– फ्रेन्च ‘डिएनएको सिट्रोन ईसी–थ्री’ परिवर्तनलाई अँगाल्दै अटोमोटिभ क्षेत्रमा दिगोपनको यात्रातर्फ अघि बढिरहेको अत्याधुनिक विद्युतीय गाडी हो ।
इको–फ्रेन्ड्ली, आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ ईसी–थ्री गेम चेन्जरको रूपमा बजारमा स्थापीत भएको छ ।
२९.२ किलोवाट आवर्स ब्याट्रीबाट सञ्चालित ई सी थ्रीले ५७ हर्स्पावर पावर र १४३ एनएमको उच्चतम टर्कका साथ उत्कृष्ट प्रदर्शन गर्ने कम्पनिले जनाएको छ ।
ई सी थ्रीलाई विद्युतीय पावरट्रेनले परम्परागत विद्युतीय गाडीहरूबाट अलग राखेको कम्पनिको दावि छ । कम्पनिका अनुसार यसले द्रुत गति र रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ । डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीलाई असर नपर्ने कम्पनीको दाबी छ ।
अहिले नेपाली बजारमा लाइभ र फिल गरि ई सी थ्रीको २ वटा भेरियन्टहरु उपलब्ध छन् । लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख रुपैयाँ र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रुपैयाँ रहेको छ जुन भारतमा बनेको विद्युतीय गाडीहरु मध्ये सबैभन्दा कम मूल्य हो । यस मूल्य निर्धारण रणनीतिले गुणस्तर, कार्यसम्पादन वा शैलीमा सम्झौता नगरी विद्युतीय गतिशीलतालाई अँगाल्न उपभोक्ताहरूलाई थप सक्षम बनाउँछ ।