BrandingBusiness NewsCorporateInfo-Tech

आन्तरिक हवाई भाडा घट्यो

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडा घटाएको छ । प्राधिकरणले बुधबारदेखि लागू हुने गरी हवाई भाडादर घटाएको हो ।

नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएपछि निगले भाडा घटाएको हो । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो ।

नयाँ भाडादरअनुसार काठमाडौं–धनगढीको भाडा ६१५ रुपैयाँले घटेर ६ हजार १० रुपैयाँ पुगेको छ ।यस्तै काठमाडौं–भद्रपुर भाडा ४२० रुपैयाँले घटेले चार हजार ८५ रुपैयाँ कायम भएको छ ।

यसैगरी काठमाडौंबाट विराटनगर तीन हजार २६५ रुपैयाँ, जनकपुर एक हजार ७५० रुपैयाँ, भरतपुर एक हजार ४५५ रुपैयाँ, पोखरा दुई हजार १५५ रुपैयाँमा झरेको छ । काठमाडौं–भैरहवाको भाडा दुई हजार ८०० रुपैयाँमा झरेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button