BrandingBusiness NewsCorporateInfo-Tech

रियलमी ११ -प्रो सिरिज ५-जी नेपालमा लन्च हुँदै

काठमाडौ – सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले बह–ुप्रतिक्षित ११ प्रो सिरिज ५ जी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ ।

रियलमी ११ प्रो सिरिज ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँँ स्तर निर्धारण गरिदिएको छ । नयाँँ रियलमी ११ प्रो ५जी को क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ ।

प्रसिद्ध ब्रान्ड गुच्चीका पुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५जीको डिजाइन गरिएको हो ।

उत्कृष्ट लिची लेदर ब्याक र सुन्दर लेसले वरिपरी घेरिएको यसको क्यामराले आखाँलाई लोभ्याउँछ । फेसनको लागि प्रसिद्ध मिलानको शैलीबाट प्रेरित यो डिजाइनले प्राचिन वास्तुकलामा सूर्यको किरण पर्दा आउने सुनौलो चमकलाई प्रतिनिधित्व गर्दछ । यसका डिजाइनर म्याट्टिओ मेनोट्टो गुच्चीका उत्कृष्ट प्रिन्टहरुको लागि चिनिन्छन् ।

उनले भने “मेरो हृदयमा मिलानको विशेष स्थान रहेको छ र यो ठाउँले मलाई अनन्त प्रेरणा प्रदान गरेको छ । रियलमी ११ प्रो ५जीको डिजाइनमा मैले मिलानको सौन्दर्य र कालजयी आकर्षणलाई कैद गर्न खोजेको थिँए । यसको लेस–जस्तो स्ट्रिपले मिलानी फेसनको मिहिनतालाई प्रतिनिधित्व गर्दछ भने लिची लेदरको ब्याकले विलासिता र परिष्कारको झलक दिन्छ।”

१०० एमपिको क्यामरा, लक्जरियस डिजाइन, ५०० एमएएच ब्याट्री र १०० वाट सुपरभोक चार्जरको साथ रियलमी ११ प्रो ५जी एक अलराउन्डरको रूपमा आएको छ। २०,००० लेभलको अटोमेटेड ब्राइटनेस एडजस्टमेण्ट भएको यो फोनमा १२० हर्जको कभ्र्ड भिजन डिस्प्ले पनि रहेको छ । त्यस्तै यसमा भएको २१६० हर्जको डिमिङ फ्रिक्वेन्सी यो सेग्मेन्टको सबैभन्दा उच्च डिमिङ फ्रिक्वेन्सी हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button