Business NewsCorporate

मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी आउँछः गभर्नर

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी आउने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्र बैंक आफ्नो जिम्मेवारीबाट भाग्न नसक्ने भन्दै मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहने बताए । उनले राष्ट्र बैंकले अहिले मौद्रिक नीतिका लागि सुझाव संकलन गरिरहेको बताए ।

‘सबै उद्यमी व्यवसायीको प्रतिनिधित्व गर्ने संस्थाहरु हुनुहुन्छ, उद्यमी व्यवसायिका पीर, मर्का, अफ्ठ्याराहरु एकै किसिमका नै हुनुपर्ने हो । त्यो फरक फरक किसिमले आउँदा हामीलाई पनि समावेश गर्न गाह्रो हुन्थ्यो, तर अहिले एकमुष्ट रुपमा आएका सुझावले कार्यान्वयन गर्न सहज हुनेछ । मौद्रिक नीतिका बारेमा हामी सुझाव नै संकलन गरिरहेका छौँ ।

यस हिसावमा हामीले प्रशस्त मात्रामा पृष्ठपोषण पाइरहेका छौँ । संस्थागत, व्यक्तिगत रुपमा पनि सुझावहरु पाइरहेका छौँ । यी सुझाव हाम्रा लागि महत्वपूर्ण र मूल्यवान छन् । राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहन्छ । राष्ट्र बैंकको जिम्मेवारीबाट भाग्न सक्दैनौँ ।’

गभर्नर अधिकारीले मौद्रिक नीतिबारे दिइएका सुझावले राष्ट्र बैंकलाई प्रशस्त मात्रामा पृष्ठपोषण भइरहेको बताए ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button