BankingBusiness NewsCorporate

नेपाल एसबिआई बैंकले ऋणपत्र निष्कासन गर्ने

काठमाडौ । नेपाल एसबिआई बैंकले २ अर्ब रुपैयाँ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अन्तिम स्वीकृति मागेको छ ।

कम्पनीले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न यही असार १७ गते सेबोनमा स्वीकृतिको लागी पेश गरेको हो । ऋणपत्र निष्कासन गर्न विक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीले ८ लाख कित्ता सर्वसाधारणका लागि र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने बताइएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button