BankingBrandingBusiness NewsCorporate
आइएमई पे एपबाट नेपाल पेको क्युआर स्क्यान गर्न सकिने
काठमाडौं । आइएमई पे एपबाट नेपाल पे को क्युआर स्क्यान गर्न मिल्ने भएको छ ।
सेवाग्राहीहरुले अब नेपाल पेको क्युआर स्क्यान गरि आइएमई पे एप मार्फत भुक्तानी गर्न सक्ने छन् ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर सञ्चालनमा ल्याएको थियो ।
नेपालमा क्यु आर स्क्यान मार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आइएमई पे र नेपाल पेको आवद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विश्वास गरिएको छ ।