BankingInfo-Tech

७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन , लगानीको पहिचान गर्न ३ सय उद्यमीकाबिच छलफल गरिदै

काठमाडौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्च्यिुट (एनबिआई) वीच ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलज आयोजना गर्ने भएको छ ।

स्थानीय÷प्रदेश सरकार र सरोकारवाला संघ÷संस्थाहरुसँगको साझेदारीमा २०८० सालभित्र ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन सम्पन्न गर्ने गरी भएको उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालकोतर्फबाट अध्यक्ष पवन कुमार गोल्यान र नेपाल बिजनेस इन्स्च्यिुटकोतर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गर्नुभएको छ ।

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बैंकिङ क्षेत्रको सुधार, विकास एवं स्तरोन्नति, पूँजी निर्माण, सुरक्षित लगानीका नयाँ क्षेत्रहरुको पहिचान तथा लगानी विस्तार, बैंकिङ पहुँच तथा साक्षरता अभिवृद्धि, उत्पादनमूलक, रोजगारमूलक तथा निर्यातमूलक क्षेत्रहरुमा लगानी प्रवद्र्धन, उद्यमशीलता र नवप्रवर्तनको विकास एवं विस्तार, स्वदेशी उत्पादनहरुको प्रवद्र्धनलगायत विषयहरुमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन केन्द्रित रहने बताउनु भयो ।

उहाँले प्रदेश÷स्थानीय सरकार, विभिन्न राजनीतिक दलका नेतृत्वगण, बुद्धिजिवी, उद्यमी÷व्यवसायीहरुको सघन सहभागितामा स्थानीय निकायमा रहेका समस्याहरुको उजागर गर्दै प्रचुर संभावनाका क्षेत्रहरुको पहिचान, स्थानीय सरकारको संरक्षकत्वमा लगानी विस्तार तथा उद्यमशीलताको विकास गर्न महत्वपूर्ण सघाउ पुग्ने अपेक्षा राखिएको बताउनुभयो ।

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल के.सी., डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठ, फेडेरेशन अफ नेपालीज एक्सपोटर्स एसोसिएसनकी उपाध्यक्ष देविका बुढााथोकी, फेडेरेशन अफ कम्प्यूटर एसोसिएसन नेपालका उपाध्यक्ष उमेश रघुवंशीलगायतले संघीयता लागू भएपछि यो तहको व्यवसाय शिखर सम्मेलन प्रदेशस्तरमा पहिलो पटक आयोजना हुन लागेको हो ।


नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्ष बिशाल गैरेले सम्मेलनमा आयोजक र स्थानीय र प्रदेशसरकारबिच साझेदारी सम्झौता, भिडियो प्रर्दशनी, स्थानीय तहका उद्यमीले उत्पादन गरेको मौलिक उत्पादनहरुको प्रदर्शनी, बैंक तथा वित्तीय संस्थाको लगानी मोडेल र यसबाट प्राप्त हुने उपलब्धी, वित्तीय पँहुच र साक्षरता र बैंक तथा वित्तीय संस्थाहरुको प्रवद्र्धनलगायतका विषयमा अर्थपूर्ण छलफल हुनेछ ।

स्थानीय, प्रदेश र संघीय सरकारसँग उद्यमी, व्यवसायी, बैंक तथा वित्तीय संस्थाबिचको दुरी कम र विश्वासनियतालाई प्रगाढ बनाउँदै सरकारले ल्याएको बजेट र कार्यक्रमलाई लगानीकर्ता÷उद्यमीमैत्री बनाउन पहल गर्ने, हरेक स्थानीय तहमा वित्तीय संस्थाको पँहुच अभिवृद्धि, उत्पादनमुलक क्षेत्रमा लगानी प्रवद्र्धन, प्रदेशभित्र दिगो लगानीको वातावरण निमार्ण गर्न पहल गरिने छ ।


दुई दर्जन भन्दा बढि सरोकारवाला संस्थाहरुको साझेदारिता रहने उक्त व्यवसाय शिखर सम्मेलनहरु आगामी आश्विन दोस्रो हप्ताबाट प्रारम्भ गरी माघ मसान्तसम्म ७ वटै प्रदेशमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने प्रत्येक प्रदेशको सम्मेलनमा ३० भन्दा बढि वक्ता र करिव ३०० जना उद्यमी÷व्यवसायी तथा सरोकारवालाको उपस्थिति रहने छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button