काठमाडौँ — काठमाडौंको भृकुटीमण्डपमा भदौ २६ गतेदेखि नाडा अटोसो आयोजना हुने भएको छ
सवारीसाधन तथा पार्टपूर्जाको कुम्भ मेला रुपमा हेरिने अटोसोमा विद्युतीयसहित पेट्रोलियम चार पांग्रे, तीन पांग्रे तथा दुई पांग्रे सवारीसाधन, ढुवानीका साधन, स्पेयर पार्टस्, टायरट्यूव, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्टस् एवम् ग्यारेज उपकरण समेत राखिने छ ।
मेला भदौ ३१ गतेसम्म संचालन हुने आयोजकलले जनाएको छ ।
नाडाको आयोजनामा हरेक वर्षको दशैंअघि आयोजना हुँदै आएको प्रदर्शनी कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा आयोजना हुन सकेन । त्यसै सन् २०२२ पनि सरकारले सवारी साधनको आयातमाथि प्रतिवन्ध लगाएपछि विद्युतीय सवारीको मात्रै प्रदर्शनी गरिएको थियो ।
नाडा अटो प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २० अर्बभन्दा बढीको कारोबार हुने नाडाको अनुमान छ ।
अटोसोका लागि नाडाले स्टल बुकिङ समेत खुला गरेको छ ।