BankingBusiness NewsCorporate

सिन्धुलीको सरस्वती माध्यामिक विद्यालयलाई एभरेष्ट बैंकको सहयोग

काठमाडौं । एभरेष्ट बैंकले श्री सरस्वती माध्यामिक विद्यालाय डकाहालाई विद्यालयको खानेपानी व्यवस्थापनार्थमा १ लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक विशेष समारोहका बीच दुधौली न.पा वडा नं ४ सिन्धुलीमा अवस्थित उक्त विद्यालयलाई आर्थिक सहयोग गरेको हो ।

बैंकले शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णु प्रसाद सापकोटालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

यस सहयोगबाट उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र शिक्षादिक्षामा थप सहज हुने विश्वास बैंकले लिएको छ ।

साथै, विद्यालयका सहायक–प्रधानाध्यापक सापकोटाले बैंकको यस सहयोगले विद्यालयको खानेपानीको समस्या तथा समग्र विकासमा उल्लेखनिय भुमिका खेल्ने र आगामी दिनमा समेत यस्तै किसिमको सहयोग अपेक्षा रहेको बताए । सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती र समाजिक अभियन्ता जानुका श्रेष्ठको उपस्थिति रहेको थियो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button