BrandingCorporateTrending

डिशहोमको च्यानल नं. १०८ ‘चिसो मान्छे’ प्रर्दशन

काठमाडौं । समसमायिक विषयवस्तुमा बनेको नेपाली चलचित्र ‘चिसो मान्छे’ डिशहोममा प्रर्दशन भइरहेको छ ।

विभिन्न कारणवस हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरूले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ बसेर हेर्न सक्ने बताइएको छ ।

‘चिसो मान्छे’ सिनेमाघर च्यानल नं. १०८ मा दैनिक आठ शो बिहान १, ४, ७, १० बजे, दिउँसो १, ४, साँझ ७ र राति १० बजे प्रदर्शन भइरहेको कम्पनीले जानकारी दिएको छ ।

यस्तै, डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनस सँगै नयाँनयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं। १०८ को टिकट निःशुल्क पाउन सकिनेछ ।

तीन महिना अथवा एक हजार वा सो भन्दामाथिको रिचार्जमा ३२५ बराबरको एउटा मुभि टिकट, ६ महिना अथवा दुई हजार वा सो भन्दामाथिको रिचार्जमा ६५० बराबरको दुई ओटा मुभि टिकट, १२ महिना अथवा पाँच हजार वा सो भन्दामाथिको रिचार्जमा १३ सय बराबरको चार ओटा मुभि टिकट ग्राहकहरूले पाउन सक्ने बताइएको छ ।

डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिष्टर्ड मोबाइल नम्बरमा एसएमएसमार्फत प्राप्त हुने बताइएको छ ।

थप जानकारीका लागि ग्राहक सेवा केन्द्रको फोन नं। १६६०, ०१–२२०००, ९८०११५५००० वा ०१–४२१७६६६ मा फोन गर्न सकिनेछ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button