BrandingCorporateShare Market

प्रभु क्यापिटलले लोयल्टी प्वान्ट्स साथै रिफरल स्कीम लन्च

काठमाडौँ । मर्चेन्ट बैंक र प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि लोयल्टी प्वान्ट्सका साथै रिफरल स्कीम लन्च गरेको छ ।

सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरी साथै प्रभु क्यापिटल लिमिटेडका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी प्वान्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।

ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएको प्रभु क्यापिटल लिमिटेडले ग्राहकको लागि विशेष लोयल्टी पोईन्टस् अफर ल्याएको जनाएको छ ।

सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिङ्क कपी र सेयर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ भने सेवाग्राहीले प्वान्ट्स आफ्नो डिम्याट तथा मेरो शेयर नवीकरण गर्नका साथै प्रभु क्यापिटलसँग आवद्ध विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिने गरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ ।

थप जानकारीको लागि प्रभु क्यापिटल लिमिटेडको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी पाउनसकिने क्यापिटलले जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button