Business NewsInsurance & Finance

युनिलिभरले नेपाली महिला फुटबल टिमलाई एक वर्ष प्रायोजक गर्ने

काठमाडौ । युनिलिभर नेपालले नेपालको राष्ट्रिय महिला फुटबल टिमलाई एक वर्षका लागि प्रायोजक गर्ने सम्झौता गरेको छ ।

काठमाडौमा एक कार्यक्रम आयोजना गरेर अखिल नेपाल फुटबल संघ (एन्फा) सँग युनिलिभर नेपालले आफ्नो सम्मानित ब्राण्डहरुका साथ राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको सहर्ष घोषणा गरेको हो ।

सहकार्यद्वारा युनिलिभर नेपालले नेपालभरी महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैङ्गिक समानताको आफ्नो प्रतिबद्धतामा अझ जोड दिएको छ ।

विभिन्न क्षेत्रहरुमा नेपाली महिलाहरुको योगदान बढ्दै गइरहेको वर्तमान परिपेक्षमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय महिला फुटबल टोलीले पछिल्लो पुस्ताका महिला खेलाडीहरुमा बेग्लै छाप छोड्न सक्ने कुरालाई आत्मसात गर्दै युनिलिभर नेपालले खेलकुदमा महिलाको विकास र सशक्तिकरण र भविष्यमा पनि खेलकुदको क्षेत्रमा दिगो र सम्भावनाहरुको आधार तयार गर्न उल्लेखनीय योगदान पु¥याउन सहकार्य गरेको युनिलिभरले जनाएको छ ।

यस प्रायोजन मार्फत, युनिलिभर नेपालले सबै पक्षमा महिला फुटबल टोलीलाई सहयोग र प्रवद्र्धन गर्नेछ । साथै उक्त टोली र महिला खेलाडीहरूको विकास र सफलतामा योगदान पु¥याउने एवम् आगामी पुस्ताका महिला खेलाडीलाई प्रोत्साहित गर्दै भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्र स्थानमा पु¥याउने लक्ष्य लिएको छ ।

युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) एकसाथ उभिनाले खेलकुदमा महिलाहरूको लागि भविष्य अझ उज्यालो बनाउने र महिला फुटबल खेलाडीहरूको पुस्तालाई प्रेरित गर्छ भन्ने मुख्य लक्ष्य लिएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button