Insurance & FinanceTrending

प्रभु महालक्ष्मीलाइफको अभिकर्ता मिलन समारोह

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले श्रावण २ गते देशका विभिन्न ठाँउमा अभिकर्ता मिलनसमारोह सम्पन्न गरेकोछ। एकिकृत कारोबार पछि साविक प्रभुलाइफ र महालक्ष्मीलाइफका अभिकर्ताहरुलाई एकिकृत गर्ने उद्देश्यले कार्यक्रमकोआयोजना गरिएको हो।

श्रावण २ गते झापाको बिर्तामोड, पर्साको बीरगंज, दाङ्गको घोराही र  कैलालीको धनगढीमा कार्यक्रम आयोजना भएको थियो। कार्यक्रममा दुवै कम्पनीका व्यवसाय दिएका सक्रिय अभिकर्ताहरुलाई सहभागि गराइएको थियो । चारै ठाँउमा भएको कार्यक्रममा सय–सयजना भन्दा बढी अभिकर्ताको उपस्थिति थियो।

कार्यक्रममा मर्जरपछिको बीमा कारोबारको अवस्था, प्रचलनमा ल्याउने पोलिसीहरु, एजेन्सी सिस्टम र एजेन्सी स्किम बारेमा अभिकर्ताहरुलाई प्रशिक्षण दिइएको थियो। विर्तामोडमा सोनवहादुरमगर र प्रभाकरन्यौपाने, वीरगंजमा प्रयासश्रेष्ठ र सीताराम धिमाल, घोराहीमा प्रशान्तराज धमला र योगेन्द्रप्रसाद खतिवडा तथा धनगढीमा किशोरप्रसाद लामिछाने र रामेश्वरश्रेष्ठले प्रशिक्षण दिनुभएको थियो। 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button