BrandingBreakingBusiness NewsCorporate

फिनटेक अलायन्स नेपाल एसिया फिनटेक अलायन्समा आबद्ध

काठमाडौं। फिनटेक एलायन्स नेपाल एसिया फिनटेक अलायन्समा आबद्ध भएको छ।
फिनटेक अलायन्स नेपाल (फन) ले एसिया फिनटेक अलायन्स (एफए) को सदस्यता प्राप्त गरेको हो।

नेपालमा फिनटेक इनोभेसन र डिजिटल वित्तीय समावेशीकरणका लागि फिनटेक अलायन्स नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। एसिया फिनटेक अलायन्समा एफए नेटवर्कभित्र एसियाभरका प्रख्यात फिनटेक एसोसिएसनसँग सहकार्य गरिएको फनले जनाएको छ।

साझेदारीले नेपाली फिनटेक कम्पनी र यो क्षेत्रमा आबद्ध प्रोफेसनल व्यक्तिको एसिया प्रशान्त क्षेत्रका फिनटेक संघ–संस्थासँग सहकार्य र साझेदारी बढाउन, उत्कृष्ट अभ्यास साझेदारी गर्न र सामूहिक वृद्धिलाई अगाडि बढाउन सहज हुने फनको विश्वास छ।

एसिया फिनटेक गठबन्धनले सिंगापुर, दक्षिण कोरिया, जापान, फिलिपिन्स, ताइवान, इन्डोनेसिया, हङकङ, मलेसिया, थाइल्यान्ड, मंगोलिया र अहिले नेपालजस्ता प्रमुख बजारबाट फिनटेक एसोसिएसनको विविध समूहलाई एकसाथ ल्याउनेछ। सहकार्यले फनलाई नेपालको फिनटेक इकोसिस्टमको विकासलाई गति दिँदै क्षेत्रभरका अन्तर्दृष्टि र विशेषज्ञताको लाभ उठाउने राम्रो अवसर हुने बताइएको छ।

एसिया फिनटेक गठबन्धनमा सामेल हुन पाउँदा र एसियाभरका सम्मानित फिनटेक संघसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको फनका अध्यक्ष सञ्जीव सुब्बाले बताउनुभयो ।

अध्यक्ष सुब्बाले भन्नुभयो साझेदारी नेपालमा फिनटेक नवप्रवर्तन र डिजिटल वित्तीय समावेशीकरणको हाम्रो दृष्टिकोणसँग मिल्दोजुल्दो छ। हामी एसियाली फिनटेक समुदायको सामूहिक वृद्धिमा योगदान गर्न पाउँदा उत्साहित छौं,’

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button