International

चौधरी ग्रुप सीजीएग्रोटेकले गर्यो दुबई प्राधिकरणसँग सम्झौता,द्विपक्षीयव्यापार बढाउन मद्दत पुग्ने

काठमाडौँ । चौधरी गु्रपअन्तर्गत रहेको सीजीएग्रोटेकले विश्वको फ्ल्यागसीपफ्रीजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडकालागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका रास्ट्रहरुसँग द्विपक्षीयव्यापार बढाउन मद्दत पुग्ने सीजीएग्रोटेकले जनाएको छ ।

हालै सम्पन्न एक समारोहबीचचौधरी गु्रपकाप्रबन्धनिर्देशक वरुण चौधरी र डीएमसीसीका चिफअपरेटिङ अफिसर फेरयालअहमदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

यस सहकार्यले डीएमसी र सीजीएग्रोटेकबीचबलियो सम्बन्ध स्थापनागर्नुका साथै डीएमसीसीका सदस्यकम्पनीहरूकालागिव्यापार, लगानी र बजार पहुँच बढाउन समेत सहयोग पुग्नेकम्पनीले जनाएको छ ।

यसबाहेक, यस साझेदारीले ज्ञान र सूचनाको आदानप्रदानलाई बढावा दिनेछ भने विशेष गरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथाअफ्ठ्याराहरूको सम्बोधनगर्न मद्दत गर्नेछ ।

यस सम्झौताप्रतिउत्साहव्यक्तगर्दै सीजीएग्रोटेककाप्रवन्धनिर्देशकचौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल – युएई बीच रहेको कृषिव्यापार सम्बन्धअझ सुदृढ र बलियो हुने विश्वास ब्यक्तगर्नुभयो ।

“डीएमसीसीसँग रहेको २३,००० सदस्यकम्पनीहरूको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिक रूपमा लाभदायक अवसरहरूको अन्वेषणले द्विपक्षीय व्यापारलाई अझ ब्यापक बनाउनका लागि हाम्रो क्षमतामामहत्त्वपूर्ण प्रभावपार्नेछ,”चौधरीले भन्नुभयो ।

डीएमसीसीका चिफअपरेटिङ अफिसर फेरयालअहमदीकाअनुसार हालकावर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमाउल्लेखनीय वृद्धिभएको छ र यो वृद्धिदर जारी रहने देखिएको छ ।

साथै, खाद्य सुरक्षामाआएको जागरुकताका कारण विश्वव्यापी रूपमा कृषि वस्तुहरूको मागअझ बढ्ने उनले जनाएका छन् । “यो साझेदारीको माध्यमबाट डीएमसीसीलाई यीव्यापारिक अवसरहरूको मूल्याङ्कनगर्न मद्दत पुग्नेछ,”उनले भने ।

सीजीएग्रोटेक नेपालमा कृषिजन्य वस्तुको उत्पादन र विक्रीवितरण गर्दै आएको एक अग्रणी संस्थाहो । यस कम्पनीले चिया, कफी र मह लगायतउच्च गुणस्तरका जडिबुटी र उत्पादनहरूको निर्यातगर्दै आएको छ ।


हिमालयन जडिबुटीहरूको प्राकृतिक गुण जोगाउने र दिगो कृषिअभ्यासहरूलाई प्रवद्र्धन गर्ने कम्पनीको प्रतिबद्धताले सीजीएग्रोटेकलाई स्वस्थप्रिमियमउत्पादनहरू प्रदानगर्ने कम्पनीको रुपमा स्थापीत गरेको छ ।

सीजीएग्रोटेक र डीएमसीसी बीचको सहकार्यले यस क्षेत्रको कृषि व्यापारमा नयाँआयाम ल्याउने र कृषि क्षेत्रको वृद्धिलाई सहज बनाउदै नेपाल र दक्षिणपूर्वी एशियाबीचको सम्बन्धलाई अझबलियो बनाउने अपेक्षा गरिएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button