BankingBreakingTrending

सिद्धार्थ बैंकको नाफा ३ अर्ब १९ करोड

काठमाडौं– सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकले ९.१२ प्रतिशतले बढी नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९० करोड २४ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो । 

यस्तै, समीक्षा अवधिमा बैंकले खुद नाफा २३.९७ प्रतिशतले वृद्धि गर्दै ८ अर्ब १७ करोड ८४ लाख २२ हजार रुपैयाँ कमाएको छ । समीक्षा अवधिमा ४ अर्ब ६८ करोड ५७ लाख ९२ हजार रुपैयाँ कमाएको बैंकको वितरणयोग्य नाफा ७९ करोड ५७ लाख ६५ हजार रुपैयाँ रहेको छ । 

अघिल्लो वर्ष १ अर्ब ३५ करोड ९८ लाख ६८ हजार रुपैयाँ वितरणयोग्य नाफा संचित गरेको बैंकको यसपटक ४१.४८ प्रतिशतको गिरावट आएको हो । बैंकको खराब कर्जा बढेर २.०१५ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि २.०४ रुपैयाँले बढेर २२.६४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ रहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button