BreakingBusiness News

क्विन्टल सुन प्रकरणमा व्यापारी अडुकियाको घरमा छापा

काठमाडौ । हङकङबाट भित्रिएको तस्करीको क्विन्टल सुन प्रकरणमा व्यापारी राकेशकुमार अडुकिया अनुसन्धानमा तानिएका छन् ।

बुढानीलकण्ठस्थित रेडी ट्रेडले ब्रेक सुको आवरणमा क्याथे प्यासिफिकको जहाजमार्फत भित्र्याएको सुन बरामदपछि अनुसन्धान गर्ने क्रममा अडुकिया शंकाको घेरामा परेका हुन् ।

विगतमा गोरखा विकास बैंक घोटाला प्रकरणमा मुछिएका र सेयर कारोबारमा विवादास्पद पृष्ठभूमि भएका अडुकिया तस्करीको सुन भारतसम्म पुर्‍याउन सक्रिय रहेको आशंका राजस्व अनुसन्धान विभागले गरेको छ । अनुसन्धानकै क्रममा विभागले बुधबार अडुकियाको कमलपोखरीस्थित घरमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ ।

सुन बरामदपछि अडुकिया सम्पर्कविहीन छन् । उनी केही बैंकरवित्तीय संस्थामा यसअघि सञ्चालक समिति सदस्य रहिसकेका व्यक्ति हुन् ।

विभागको टोलीले बुधबार नै चिनियाँ र भारतीय गिरोह बस्दै आएका ठमेल र लाजिम्पाटस्थित घरमा छापा मारेको आजको कान्तिपुरमा समाचार छ ।

ठमेलको एक घरबाट ब्रेक सु उल्लेख गरिएका ६६ कार्टुन बरामद भएको छ । रेडी ट्रेडले नै सुन भित्र्याउने क्रममा ती सामान ल्याएको आशंका गरिएको छ । क्विन्टल सुन भित्रिनुअघि बालुवाटार र लाजिम्पाटमा कोठा भाडामा लिएर बसेका दुई विदेशी एक साताअघि नै पक्राउ परेका छन् ।

भारतीय नागरिक थुप्तेन छिरिङ र एयर चाइनाबाट चीन भाग्न लागेका चिनियाँ नागरिक ३६ वर्षीय जेक्युयाङ लीनलाई विभागकै टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button