BreakingBusiness NewsheadlineInternationalTrending

विदेशबाट ५७ करोडको सिरिञ्ज आयात

काठमाडौं- गत आर्थिक वर्षमा नेपालमा विभिन्न मुलुकबाट ५७ करोड रुपैयाँभन्दा धेरैको सिरिञ्ज आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा ५७ करोड ८३ लाख रुपैयाँभन्दा धेरैको सिरिञ्ज आयात भएको हो ।

तथ्यांकअनुसार उक्त अवधिमा ६ करोड ३७ लाख १० हजार वटा सिरिञ्ज भित्रिएका छन् । र आयातकर्ताले राज्यलाई २ करोड ४७ लाख रुपैयाँ राजश्व बुझाएका छन् । नेपालमा विश्वका १९ वटा देशबाट सिरिञ्ज आयात हुने गरेको छ ।

सबैभन्दा धेरै चीनबाट ३९ करोड ९० लाख रुपैयाँको सिरिञ्ज भित्रिँदा भारतबाट ९ करोड ७७ लाख रुपैयाँको भित्रिएको छ । यस्तै, डेनमार्कबाट ५ करोड ३२ लाख रुपैयाँको र अमेरिकाबाट १ करोड २७ लाख रुपैयाँको सिरिञ्ज भित्रिएको छ ।

यसबाहेक अन्य मुलुकबाट भने न्यूनमात्रामा सिरिञ्ज आउने गरेको भन्सार तथ्यांकले देखाउँछ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button