BrandingBreakingBusiness NewsTrending

हुलास स्टिलले वातावरणमैत्री नयाँ प्लान्ट सञ्चालनमा ल्यायो

सिमरास्थित हुलास स्टिलले जस्ता पाता उत्पादन गर्ने वातावरण मैत्री नयाँ प्लान्ट सञ्चालनमा ल्याएको छ । उद्योगले आफ्नो ७० औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रम मार्फत सो नयाँ प्लान्टको उद्घाटन गरेको हो । 

उद्योगले प्रदूषण न्यूनीकरण गर्न डिजेल र कोइलाबाट सञ्चालन हुने पुराना प्रविधि हटाउँदै विद्युतबाट सञ्चालन गर्न सकिने नयाँ र आधुनिक प्लान्टहरू स्थापना गरेको हो ।

हुलास स्टिल सञ्चालनको नेतृत्व लिइरहेका हिमान्सु गोल्छाले बिगतमा उद्योगमा कोइला,डिजेलको प्रयोग गरिएकोमा विद्युतबाट सञ्चालन हुने एनीलिन्क प्लान्टको उद्घाटन गरिएको बताए । यस नयाँ प्लान्ट अत्यन्तै वातावरण मैत्री भएको उनले जनाएका छन् ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button