BreakingBusiness NewsTrending
आर्थिक वर्षभित्र २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाइने
काठमाडौँ– सरकारले चालु आर्थिक वर्ष भित्र कूल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । साउन १ गतेदेखि असार मसान्तसम्म गरी चार वटा त्रैमासमा उठाइने ऋणको तालिका केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको छ ।
तालिका अनुसार पहिलो त्रैमास (साउन, भदौ, असोज) मा नै ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, दोस्रो त्रैमास (कात्तिक, मंसिर, पुस)मा पनि ५५ अर्ब रुपैयाँ उठाइने बताएको केन्द्रीय बैंकले तेस्रो (माघ,फागुन,चैत)मा ५३ अर्ब रुपैयाँ र अन्तिम त्रैमास (वैशाख, जेठ र असार)मा ७७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने बैंकले जनाएको छ ।