BreakingBusiness NewsTrending

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।

हिजो मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ कायम थियो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button