BrandingBusiness NewsCorporate

आइफोन चलाउनेका लागि एमसीडोडोका एक्सेसरिज नेपाली बजारमा

काठमाडौँ । विश्वव्यापी रूपमा निकै प्रसिद्ध एक्सेसरिज ब्रान्ड एमसीडोडोका उत्पादनहरू नेपाली बजारमा उपलब्ध हुने भएको छ । एडुटेक इन्टरनेशनल प्रा।लि। ले आइफोन प्रयोगकर्ताहरूका लागि लक्षित गर्दै उक्त ब्रान्डलाई नेपालमा भित्र्याएको हो ।

एमसीडोडोको नेपालका लागि अधिकृत विक्रेता एडुटेक इन्टरनेशनलले हाल नेपाली बजारमा विभिन्न मोडलका फास्ट चार्जर, टीडब्लुएस इयरबडहरू, वायरलेस पावरबैंक, यूएसबी केवल, म्यागनेटिक फोन केश लगायतका उत्पादनहरू उपलब्ध गराउँदै आइरहेको छ । उक्त एक्सेसरिजहरू एमपीआई (मेड फर आइफोन) सटिफाइड छन् । र, नेपाली बजारमा एमसीडोडोका रु ५०० देखि १२,००० हजार मूल्यसम्मका एक्सेसरिजहरू रहेका छन् ।

बढ्दो आइफोन प्रतिको लोकप्रियतालाई मध्यनजर गर्दै प्रयोगकर्ताहरूलाई सहजीकरण गर्न एडुटेकले एमसीडोडोको विभिन्न एक्सेसरिजहरू– आइफोनमा प्रयोग गर्न मिल्ने चार्जर, डाटा केवल, इयरबडहरू ल्याएको छ । उक्त एक्सेसरिजहरू विभिन्न कलर अप्सनमा प्रयोगकर्ताहरूले देशभरका विभिन्न रिटेल पसलहरू तथा दराजबाट खरिद गर्न सक्नेछन् ।

एमसीडोडोका उत्पादनहरू उच्च गुणस्तरिय, सुरक्षित, भरपर्दो र प्रयोगका लागि सहज अवधारणामा निर्माण गरिएका छन् । यसका उत्पादनहरू यूरोप, अमेरिका, दक्षिण एशिया लगायतका १०० भन्दा बढी देशहरूमा उपलब्ध छन्।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button