Business NewsInternationalTrending

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा तथा युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ६२ पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसामा कारोबार भइरहेको छ ।

हिजो अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसामा तथा युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६७ रुपैयाँ ७२ पैसा कायम हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८९ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२९ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३४ पैसा कायम हुन पुगेको छ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसाले भाउ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा १० रुपैयाँ १४ पैसा र बिक्रीदर  १० रुपैयाँ १८ पैसामा कारोबार गर्न सकिनेछ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४१  रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २९.३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१७  रुपैयाँ तथा कुवेती दिनार १ को खरिदमूल्य ४३०.२८  पैसा  बिक्रीदर ४३२.२३ पैसामा कारोबार हुनेछ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button