InternationalPoliticsTrending

एनआरएनएको ११ औं विश्व सम्मेलन तथा महाधिवेसनको मिति टुंगियो

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेसनको मिति टुंगो लागेको छ ।

गैरआवासीय नेपाली संघको आइतवार बसेको पदाधिकारी बैठकले  १७ देखि २० अक्टोवरसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गर्दै युवा, विज्ञ सम्मेलन समेत सोहि अवधिमा गर्ने औपचारिक निर्णय गरेको छ । 

बैठकले संघको अगामी महाधिवेसनको लागि उम्मेदवारी शुल्कमा समेत कटौती गरेको छ । जसअनुसार संघको आगामी अधिवेसनमा युवा तथा महिला पदाधिकारीहरुको लागि ७५ प्रतिशत र अध्यक्ष सहित अन्य पदाधिकारीहरुको लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाउने निर्णय भएको एक पदाधिकारीले बताए । 

यसअघि अध्यक्ष पदका लागि १० लाख र अन्य पदको लागि ५ लाख भन्दा बढी उम्मेदवारी शुल्क रहेको थियो । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button