BreakingBusiness NewsTrending

घट्यो सुनको मूल्य

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले हिजो आइतबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको जानकारी दिएको हो ।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । यससँगै, चाँदी विगत ४ दिनदेखि स्थिर कायम छ । यही साउन १८ गतेदेखि स्थिर रहेको चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button