BrandingBusiness NewsCorporateInsurance & FinanceTrending

नेपाल लाइफ इन्स्योरेन्सको ‘बिजनेश एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न

काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘बिजनेश एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ । चितवनको सौराहामा साउन १५ देखि १७ गतेसम्म चलेको कन्फरेन्स “पराक्रमी गति आक्रामक नीति” नाराका साथ सम्पन्न भएको हो । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्मेलन कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक कृष्ण राज लामिछाने , शक्ति कुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सम्मेलनको समुद्घाटन गरेका थिए । 

सम्मेलनमा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीको बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएकोमा सम्पूर्ण कर्मचारीलाई हृदयदेखि धन्यवाद ज्ञापन गरे । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button