BankingBrandingBreakingBusiness NewsTrending

राष्ट्र बैंकले गर्‍यो तीनवटा बैंकलाई कारबाही

काठमाडौँ- तीन वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । 

गत आर्थिक वर्ष २०७९/८० मा केन्द्रीय बैंकको नीति निर्देशन र कानुनको बाहिर गएर वित्तीय कारोबार गरेरकाले प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरिएको हो । 

जसमध्ये नियम विपरीत आर्थिक गतिविधि सञ्चालन गर्ने कुमारी बैंक र हिमालयन बैंकलाई केन्द्रीय बैंकले झण्डै २ करोड रुपैयाँ बराबर जरिवाना गरेको छ । 

कुमारी बैंकले गत आर्थिक वर्षको माघ महिनामा तोकिएको कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै केन्द्रीय बैंकले बैंकमाथि ५९ लाख ६३ हजार ६९४ रुपैयाँ २२ पैसा जरिवाना गरेको छ । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button