AutoBrandingBusiness NewsCorporateTourism

बुद्ध एयरले थप्यो नयाँ विमान

काठमाडौँ । बुद्ध एयरले नयाँ विमान थपेको छ ।

कम्पनीले अमेरिकाको नर्डिक एभिएसनमार्फत नयाँ बिमान किनेको हो । कम्पनीले ७० सिट क्षमताको एटीआर-७२ जहाज किनेको हो ।

यो बिमान थपिएसगै अब बुद्ध एयरसंग १६ वटा विमान हुनेछन ।

फ्रान्सबाट नेपालका लागि उडेको यो विमान अल्बानिया, साइप्रस, साउदी अरब र ओमान हुँदै काठमाडौँ आइपुगेको जनाइएको छ । बुद्ध एयर नेपालको आन्तरिक उडानतर्फको अग्रणी हवाई कम्पनी हो ।

नयाँ बिमान आएसंगै आफ्नो सेवालाई थप प्रभावकारी बन्ने कम्पनीले जनाएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button