BrandingBusiness NewsCorporateInfo-Tech

युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वल्र्डलिंक

काठमाडौँ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई ) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा वल्र्डलिंक कम्युनिकेशन इन्टरनेट साझेदारकारुपमा सहकार्य गर्ने भएको छ ।

सम्मेलनमा सहकार्यबारे बुधवार सम्मेलन मुल आयोजक कमिटिका संयोजक बिशाल गैरे र वल्र्डलिंक कम्युनिकेशनका सञ्चालक मनोज अग्रवालबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

डिजिटल नेपाल निमार्णमा सहकार्य गरिरहेको वल्र्डलिंकले युवा उद्यमीहरुलाई प्रोत्साहन र उद्यमशीलताको बातावरण निमार्णका लागि सम्मेलनमा साझेदारी गरेको वल्र्डलिंकका सञ्चालक मनोज अग्रवालले बताउनुभयो । उहाँका अनुसार वल्र्डलिंकले संस्तो, गुणस्तरीय र सर्वसुलभ इन्टरनेट प्रदान गरी देशभरकै युवाहरुलाई इन्टरनेटको पँहुच ल्याउनका लागि प्रयास गरिरहेको छ ।

त्यसैगरी नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्षसमेत रहेका सम्मेलनका संयोजक बिशाल गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको निति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धी हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० (Youth Entrepreneurship Vision 2023) का निमार्ण एवं कार्यान्वयनका लागि यो सिखर सम्मेलन उपलब्धीमुलक हुने बताउनु भयो ।

उहँँका अनुसार ७० जिल्लामा ५०० युवा उद्यमीहरु सिखर सम्मेलनमा सहभागी हुने छन् ।

प्रधानमन्त्रीले समुद्घाटन गर्ने यो बर्षको सम्मेलनमा “युवा नर्वप्रवर्तन : लगानी र समृद्धी” भन्ने मुल नारा तय गरिएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button