Banking

लागुऔषधसहित एकजना पक्राउ

सप्तरी, ३२ साउन । कञ्चनरूप नगरपालिका-१ बैरवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३५ मिलिग्रामसहित तिरहुत गाउँपालिका-१ बस्ने २२ वर्षीय राधेश्याम साहलाई प्रहरीले पक्राउ गरेको छ । 

 ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले प्र.२-०१-००१ प ३२६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button