BreakingPoliticsTrending

कोशी प्रदेशमा बजेट अध्यादेश संसदमा पेश

विराटनगर । कोशीको प्रदेशसभामा सत्तारूढ गठबन्धनले दर्ता गरेको बजेट अध्यादेश अस्वीकार सम्बन्धि पेश भएको प्रस्ताव फिर्ता भएको छ । यससँगै बजेट अध्यादेश प्रदेशसभामा पेश भएको छ । 

गत जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट अध्यादेश मार्फत ल्याएका थिए । उक्त अध्यादेश असार १४ गते संसदमा टेबल भएको थियो । अध्यादेश अस्विकारका लागि कांग्रेसले छुट्टै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा अस्विकारको प्रस्ताव दर्ता गरेका थिए ।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा सत्तारुढ दुवै दलले अध्यादेश अस्विकारको प्रस्ताव फिर्ता लिएका हुन् । कांग्रेसका तर्फबाट प्रमुख सचेतक भुपेन्द्र राई र माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरले प्रदेशको समिकरण  र परिस्थिति बदलिएका कारण अस्विकारको प्रस्ताव फिर्ता लिएको बताए ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button