BreakingPolitics

संसद् अवरुद्ध गर्नु नियमसंगत होइन : सुवास नेम्वाङ

काभ्रे । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले  संसदमा दलहरूले गर्ने अवरोध संसदीय अभ्यास विपरीत हुने बताएका छन् । शनिबार काभ्रेको धुलिखेलमा सङ्घीय संसद् सचिवालयले गरेको संसद्–सञ्चार सम्बन्ध कार्यक्रममा बोल्दै नेम्वाङले संसदीय प्रक्रियामा अवरुद्ध गर्नु नियमसंगत नभए पनि  राजनीतिक दलहरूले  कहिलेकाहीँ संसद् अवरोध गर्ने बताए ।

नेम्वाङले भन-‘संसदमा अवरोध गर्नु नियमसंगत होइन तर दलहरूले संसदमा राजनीतिक रूपमा अवरोध गर्ने गर्छन् । जसले अवरोध गरे पनि उनीहरूले त्यसको औचित्य पुष्टि गर्न भने सक्नुपर्छ ।’ 

उनले भारतको संसदमा पनि अवरोध हुने बताउँदै त्यहाँको संसदमा  फ्लाइङ किस गरेको, आँखा झिम्काएको विषयमा समेत हङ्गामा हुने गरेको टिप्पणी गरे । 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button