BreakingEntertainment

‘गोर्खा वारियर’ हेरेपछि प्रधानसेनापति शर्माले भने- पाँचमा पाँच नै नम्बर दिन्छु

काठमाडौं, ३ साउन । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले युद्ध विधामा बनेको ‘गोर्खा वारियर’ हेरेपछि फिल्मबारे प्रतिक्रिया दिँदै शतप्रतिशत नम्बर दिएका छन् । गत शुक्रबार शुक्रबार बेलुकी काठमाडौँमा ‘गोर्खा वारियर’ हेर्न आफ्नी श्रीमती तथा सैनिक श्रीमती संघकी अध्यक्ष सुनीता शर्मासँग पुगेका उनले  ‘गोर्खा वारियर’को मूल्याङ्कन गर्दा पाँचमा पाँच नै नम्बर दिने बताए । 

‘मलाई निर्देशक मिलन चाम्सले बताउनुभएको जस्तै फिल्म पर्दामा पाएँ । उहाँले पर्दामा जङ्गल युद्धलाई देखाउन गर्नुभएको मेहनतलाई म महसुश गर्न सक्छु । किनकि यसमा वास्तविक रुपमा सैनिक गर्ने गतिविधीलाई देखाईएको छ’, प्रधानसेनापति शर्माले भने, ‘मेरो लागि यो उत्कृष्ट फिल्म हो । यसले सैनिकलाई युद्धमा मात्र सीमित गरेको छैन । उसको घरको कथालाई पनि पर्दामा ल्याउन सफल भएको छ । वीरताको कथालाई आगामी दिनमा समेत प्रस्तुत गर्न निर्माता तथा निर्देशक चाम्स लगायतका निर्माण समूहलाई आग्रह गर्छु ।’ 

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले लाहुरेको जीवनलाई पर्दामा हेर्न पाइएको बताए । ‘लाहुरेको खुशी जीवनलाई सबैले देखेका छन् । तर उनीहरुको वास्तविक जीवनलाई फिल्ममा प्रस्तुत गरिएको छ । यहाँ उनीहरुको संघर्ष, परिवार र देशप्रेमलाई देखाईएको छ’, महानिरीक्षक अर्यालले भने, ‘प्राविधिक रुपमा समेत चलचित्र अब्बल बनेको छ । यस्ता कथाले पर्दामा स्थान पाउनु पर्छ । स्वदेश मात्र नभई विदेशीले पनि यो कथालाई उत्तिकै रुचाउनेमा विश्वस्त छु ।’

निर्देशक चाम्सले पाएको प्रतिक्रियाले आफूलाई आगामी दिनमा यस्ता कथामा काम गर्न ऊर्जा थप्ने बताए ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button