BreakingUncategorized

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई पक्राउ गरी अनुसन्धान गर्न राप्रपाको माग

काठमाडौं, ६ भदौ । राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सोही प्रकरणमा अरुलाई पक्राउ गरी अनुसन्धान गरे पनि निर्णयकर्तालाई उन्मुक्ति दिएको आरोप लगाए । 

देशमा दुईवटा कानुन नरहेको भन्दै उनले निर्णयकर्ता तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन् । 
 

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button