BrandingBusiness NewsCorporateTrending

‘टोकला गोल्ड लिफ टी ब्याग’ नयाँ प्याकेटमा,आठवटा स्वाद

काठमाडौं । नेपाल चिया विकास निगमले टोकला चिया नयाँ प्याकेटमा ल्याएको छ । आठवटा नयाँ फ्लेवरयुक्त चिया ‘टोकला गोल्ड लिफ टी ब्याग’ नयाँ प्याकेटमा ल्याएको हो ।

कम्पनीका अनुसार टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ हनी लेमन, टोकला गोल्ड लिफ टरमेरिक जिन्जर तुलसी रहेको छ ।

त्यस्तै, टोकला गोल्ड लिफ अर्ल ग्रे, टोकला गोल्ड लिफ ग्रिन टी, टोकला गोल्ड लिफ डेटक्स टी, टोकला गोल्ड लिफ टी फ्लेवरयुक्त चिया बजारमा ल्याएको हो ।

आफ्नै वगानमा उत्पादन गरेको र नेपाली चिया बजारमा १६० वर्षभन्दा बढी अनुभव बटुलेको कम्पनीले बजारको आवश्यकता र मागअनुसार उच्च गुणस्तरीय प्याकिङसहित इन्भेलपमा आठवटा स्वाद युक्त फ्लेवर चिया टी ब्यागमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार यो चिया भाटभटेनी, विगमार्ट, खुद्रा विक्रेतामार्फत बजारमा उपलब्ध गरिएको हो । आठवटा फ्लेवरयुक्त टी ब्याग चियाको बजार मूल्य १६० देखि २२५ रुपैयाँसम्म निर्धारण गरिएको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button