BrandingBusiness NewsCorporateTrending

आजदेखि रोयल इनफिल्डको एक्सचेन्ज मेला, पुरानो दिएर नयाँ लिन सकिने

काठमाडौं । रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिको एक्सचेन्ज मेला सुरु भएको छ ।

भदौ १० देखि १५ गतेसम्म एक्सचेन्ज मेला लाग्ने छ ।

एक्सचेन्ज कार्यक्रममा ग्राहकहरूलाई स्पोर्ट एक्सचेन्ज, बेस्ट भ्यालुएसन र स्पट फाइनान्स सुविधा उपलब्ध हुने बताइएको छ ।

ग्राहकहरूलाई पुरानो दुईपाङ्ग्रे सवारीसाधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न उत्प्रेरित गर्ने मुख्य उदे्रश्य रहको छ ।

हाल रोयल इनफिल्डका क्लासिक ३५० सीसी र स्क्र्याम ४११ सीसी मोडेलहरू उपलब्ध छन् । रोयल इन्फिल्डले आफ्नो नेपालभरका शोरूम र डिलर पोइन्टबाट एक्सचेन्ज मेला आयोजना गरेको हो ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button