Breaking

स्पेनका राष्ट्रपतिलाई कोरोना संक्रमण, जी २० सम्मेलनमा सहभागी नहुने

म्याड्रिड, २२ भदौं । स्पेनका राष्ट्रपति पेड्रो सान्चेज कोरोना संक्रमित भेटिएका छन् ।

जसका कारण अब उनी भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी हुने  छैनन् । पेड्रो सान्चेज जी–२० बैठकमा सहभागी हुन भारत आउने भएका थिए तर अहिले उनको भ्रमण रद्द भएको छ ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्सको एकको पोस्टमा सान्चेजले लेखेका छन, ‘मैले आज दिउँसो स्वास्थ्य परीक्षण गरेको छु, काेराेना पाेजिटिभ देखिएकाे छ, त्यसैले म जी २०  बैठकको लागि दिल्ली जान सक्दिन। तैपनि मलाई राम्रो महसुस भइरहेको छ।’ राष्ट्रपति पेड्रो सान्चेजको सट्टा अब स्पेनी उपराष्ट्रपति नादिया क्याल्भिनो, आर्थिक मामिला मन्त्री र विदेश मन्त्री अब जी २० बैठकमा सहभागी हुनेछन्।

उल्लेखनीय छ कि स्पेनका राष्ट्रपति पेड्रो सान्चेज नयाँ दिल्लीमा हुन लागेको बैठकमा उपस्थित नहुने तेस्रो जी २० नेता हुन्। यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यो बैठकमा सहभागी नहुने जनाएका छन ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button