AutoBrandingBusiness NewsCorporate

टियागो ईभीको बुकिङ सुरु 

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले टियागो ईभीको बुकिङ सुरु गरेको छ ।

इच्छुक ग्राहकले यो लिंकमा https://tatacars.sipradi.com.np/vehicle/bookvehicle/tiago-ev आफ्नो नाम दर्ता गराई नेपालभर रहेको टाटा मोटर्सको शोरुमहरुबाट बुकिङ गर्न सकिनेछ ।

टाटा टियागो ईभी यही मंगलबार ‘नाडा अटो शो २०२३’ मा विशेष कार्यक्रम गर्दै आकर्षक सुरुआती मूल्य सहित सार्वजनिक गर्ने बताइएको छ ।

ग्राहकले गाडीको अवलोकन तथा टेस्ट ड्राइभको लागि नाडा अटोशोमा टाटा मोटर्सको स्टल नम्बर एथ्रि वा नेपालभर रहेका सिप्रदीका टाटा मोटर्स शोरुम जान सकिने टाटा मोटर्सलेले जनाएको छ ।

नेपालमा सबैभन्दा धेरै भेरियन्टका विद्युतीय गाडी टाटा मोटर्सले बिक्री गर्दै आएको छ ।

टाटा टियागो ईभी भारतमा ह्याचब्याक सेगमेन्टको पहिलो सबैभन्दा रुचाइएको ईभी हो । यो भारतीय ईभी मार्केटमा छोटो समयमा सबैभन्दा धेरै बुकिङ हुने गाडी हो ।

नेपालमा टाटा टियागो इभी पाँचवटा भेरियन्ट सहित चारवटा कलरमा उपलब्ध हुनेछन् । गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोड सहित अटोमेटिक ड्राइभ सिस्टम छ । सीसीएस–२ चार्जिङ सिस्टम रहेको गाडीको एमईडीसी रेञ्ज ३१५ किमी भनिएको छ । नेपाली बाटोमा २५० किलोमिटरसम्मको रेन्ज दिने अनुमान गरिएको टाटा मोटर्सले जनाएको छ ।

नेपालकै पहिलो, ठूलो र फैलिएको २१ स्थानमा फास्ट चार्जिङ स्टेशनदेखि उच्चस्तरीय २३ स्थानमा सिप्रदीका सर्भिस सेन्टरको विस्तार भइसकेको छ ।

The CEO Nepal

The most trustworthy business news portal in Nepal.

सम्बन्धित लेखहरू

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button